चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा बृहत रक्तदान कार्यक्रम हुदै

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

लायन्स क्लब अफ काठमाडाैं यूनिटी सर्कल, विष्णुदेवी युथ क्लब र विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजको संयुक्त आयोजनामा भोलि बैशाख ३० गते शनिबार आयोजना हुन लागेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि मयर घनश्याम गिरि र बिशेष अतिथि उपमयर बसन्ती श्रेष्ठ रहेको छ।

तीनथानास्थित विष्णुदेवी मन्दिर परिसर आयोजना गरिने रक्तदान कार्यक्रममा सहभागिता जनाईदिन हुन विष्णुदेवी युथ क्लबका अध्यक्ष आशिष महर्जनले सबैमा अाग्रह गर्नु भएको छ । साथै बिहान ९ बजेबाट सुरू हुने बताए ।