चन्द्रागिरि वडा नं. -१५ को बैकल्पिक बाटो प्रयोग गर्ने सम्बन्धी सूचना

चन्द्रागिरि वडा नं. १५ ले बैकल्पिक बाटो प्रयोग गर्ने सम्बन्धी सूचना जारि गरेको छ।

च.न.पा १५ वडाध्यक्ष घनश्याम लुइँटेलद्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि न.पा.वडा नं १५ तीनथाना स्थित बिष्णुदेवी मन्दिरको पुल देखि मच्छेनारायण जाने बाटोको तीनधानाको सिमानामा रहेको गेट सम्मको बाटोमा ढल राख्ने कार्य मिति २०७९/०७/१७ गते देखि २०७९/०७/३० गते सम्म हुने भएकोले उक्त अवधि भरि बाटो बन्द हुने भएकोले बैकल्पिक बाटो प्रयोग गर्नहुन अनुरोध गरिएको छ ।