एनआईसी एसिया बैंकको ‘अनलाइन बचत खाता’ सञ्चालनमा

काठमाडौं। एनआईसी एसिया बैंकले ‘अनलाइन बचत खाता’ सञ्चालनमा ल्याएको छ। अनलाइन बचत खाता देशविदेशमा रहेका ग्राहकले घरै बसेर खोल्न सक्छन्।

शुन्य मौज्दातमै खोल्न सकिने खातामा ग्राहक बैंकमा उपस्थित नभईकनै खाता खोलि खाता नंम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्छन्।



jibss

अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफुले चाहेको समयमा बैंकको वेब साइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्छन्।

बैंकका देशभर १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी पिओएस मेशिनमार्फत सेवा दिँदै आएको छ। बैकका करिब ६ लाख ३० हजार ग्राहक छन्।




अर्थ बजार