एन आई सि एसिया बैंक थान्कोट साखाले घर कर्जा को बिषयमा एक ब्रिहत सचेतना कार्यक्रम को आयोजना गरेको छ। उक्त कार्यक्रममा बैंकले सस्तो ब्याज दरमा बिभिन्न कर्जा सेवाहरु उपलब्ध गराइरहेको जानकारी समेत दीइयो। एन आई सि एसिया बैंक थान्कोट साखाले सस्तो (वार्षिक १०.८%)बार्षिक ब्याजदरमा घर कर्जा उपलब्ध गरेको जानकारि गराएको छ। साथै सामान्यतया कर्जा प्राप्ति को बेला लाग्ने विभिन्न शुल्क हरु जस्तै धितो मूल्याकंन शुल्क, कर्जा सेवा शुल्क , कर्जा सूचना शुल्क (CICL fees), बिमा शुल्क लगाएत कुनै पनि शुल्क नलाग्ने समेत उक्त कार्यक्रममा जानकारी दीइएको थीयो। कुनै कर्जा सेवा सुल्क नलाग्ने गरी सेवा प्रदान गर्न लागेको एन आई सि एसिया बैंक थान्कोट साखाले दुई बर्ष सम्म ब्यजदर परिवर्तन नहुने लागायतका सुबिधा थपेको छ। साथै यस घर कर्जा अग्रिम भुक्तानी गर्न चाहेमा समेत कुनै शुल्क (Prepayment charge ) नलाग्ने बताइएको छ। सोही कार्यक्रममा बोल्दै गोल्डेन फ्लावर सेकेन्डरी स्कुल का संस्थापक प्रिन्सिपल कृष्ण हरी बस्नेत ले उक्त बैंक सँगको सहकार्यको स्मरण गर्दै भने म “एन आई सि एसिया बैंक सङ एकदम नै खुसी छु। आज म जुन सफलता हासिल गरेको छु त्यस्मा एस बैंक को ठुलो साथ छ। मैले व्यावसाय सुरु गर्दा ३० बर्स को थिए आज ४७ बर्ष को भए। एक हिसाब ले म सफल नै छु एस बीचमा एन आई सि एसिया बैंक मेरो साथमा छ। यदि जब म ३० बर्ष को थिए त्यति बेला देखि म संग एन आई सि एसिया भैदिएको भए म अझ धेरै सफल भै सक्थे”। एन आई सि एसिया बैंक क्षेत्रिय कार्यालय बागमतीका डेपुटी चिफ श्रीराम गिरी, चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्ण प्रशाद खड्गी लगायत यस क्षेत्रका ब्यापारीहरु सहित करिब २०० जना भन्दा धेरै सेवाग्राही तथा स्थानिय को उपस्थित रहेको जानकारि उक्त शाखाको सम्बन्ध प्रबन्धक श्री प्रकाशमान श्रेष्ठ दिएका छन । कार्यक्रममा यातायात कर्जा, ब्यवसाय कर्जा लागायतका बिषयमा समेत अन्तर्कृया गरिएको थीयो।
Leave a Reply
You must be logged in to post a comment.