नाटेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को सातौ ओं बार्षिक साधारण सभा सम्पन्न

नाटेश्वर बचत तथा ऋण सहकारी संस्था लि को पुस २९ गते सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देव कुमार महर्जनको सभापतित्वमा सन्चालित सभा सतुङ्गल पार्टी प्यालेसमा सम्पन्न भएको हो । चन्द्रागिरी नगरपालिका नगर प्रमुख घन श्याम गिरी प्रमुख अतिथ्य रहेको समारोहमा महानगरिय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शर्मिला गुरुङ बिशेष अतिथि विभिन्न संघरसंस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा सहभागी हुनुभएको थियो । उक्त सभामा वार्षिक प्रतिवेदन प्रस्तुत, एकल महिलाहरुलाई स्वागत तथा सम्मान , नृत्य प्रस्तुत , बिशेष उपहार बितरण इत्यादी कार्यक्रमहरु सशक्त रुपमा सम्पन्न भएको थियो ।