समाचार चन्द्रागिरि नगरलाई देवदर्शन सहकारीको १ लाख सहयोग

335

देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिले चन्द्रागिरि नगरपालिकालाई  १ लाख १ हजार सहयोग रकम हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष राम नारायण घिमिरेलले संस्थामै चन्द्रागिरिका मेयर घनश्याम गिरीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष रामनारायण घिमिरेले नगरपालिकाभित्र सामाजिक उत्तरदायित्वअन्तर्गत देशको विषम परिस्थितिमा चन्द्रागिरि नगरपालिकाले स्थानिय विपद् व्यवस्थापन कोषमा रकम सहयोग गर्न पाउँदा खुशी व्यक्त भएको बताए ।

उनले नगरपालिकै पहिलो सहकारीको तर्फबाट सहयोग रहेको जानकारी दिँदै विपत्तिमा परेका समुदायहरूलाई सवैको थोपाथोपा सहयोगले उदार हुने घिमिरेको भनाई छ । सबै  सहकारी अभियन्ताहरूले यस्तो अभियानमा साथ र सहयोग गर्न खाचो रहेको उनले औँल्याए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले विपद्को अवस्थामा सवैको साथ र सहकार्य आवश्यक रहेको बताउँदै, लकडाउनका कारण कोही कसैलाई समस्या नपरोस भने हेतुले यस्ता रकम आवश्यक स्थानमा पार्दशि रूपमा खर्च गरिने बताए ।