
चन्द्रागिरि नगरपालिकाको आर्थिक वर्ष २०८२ /०८३ को न्यूनतम मालपोत मूल्याङ्कन सार्वजनिक भएको छ। चन्द्रागिरि नगरपालिकाले २०८२ श्रावण १ गते देखि लागु हुने गरि स्थानीय राजपत्रमा प्रकाशित गरेको छ।
चन्द्रागिरि नगरपालिकाले राजपत्रमा प्रकाशित अनुसार त्रिभूवन राजपथले छोएका दायाँ बायाँ प्रति आना २५ लाख न्यूनतम मालपोत मूल्याङ्कन तोकिएको छ भने बाटोले नछोएको साबिक वाडभन्ज्याङ्ग गाविसको जग्गाको न्यूनतम मालपोत मूल्याङ्कन आनाको १ लाख तोकिएको छ ।






