
गोबरडिया काष्ठ तथा फर्निचर उद्योग प्रालिको वन तथा कृषि सहज कार्यक्रमअर्न्तगत स्थानीय तथा प्रदेश सरकारवालासँगको सहकार्यमा वन पुनःस्थापना गतिविधिअन्तर्गत सामुदायिक वनको १० हेक्टर क्षेत्रफलमा वृक्षारोपण कार्यक्रम आज सम्पन्न भएको छ ।
२०८२ साउन २ गते शुक्रबार बागदुला दमार सामुदायिक वन उपभोक्ता समूह र कुलपानी सामुदायिक वन उपभोक्ता समूह गढवा–१ को चिसापानी र बडहरामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
वनक्षेत्रको खाली तथा बोटविरुवा नभएको स्थान छनौट गरी सो वृक्षारोपण सम्पन्न गरिएको थियो ।
रोपण गरिएका विरुवामा मौवा, बकाइनो, टिक, बडहर र मसला प्रजातिका तीन/तीन हजार र अन्य प्रजातिका एक हजार गरी १६ हजार विरुवा रोपण गरिएको थियो ।
कुलपानी सामुदायिक वन उपभोक्ता समूह बडहरा–१ का अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पौडेल (विश्वास) र सबजिभिजन वन कार्यालय गढवा–१ कालाकाटेका सहायक वन अधिकृतले उपभोक्तालाई प्रशिक्षण दिनुभएको थियो ।





