
रोसन दानी
काठमाडौं । सिटिजन बैंक थानकोट शाखाको एटिएम फोरेर पैसा चोरी गर्दै गरेका दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ ।
गएराति उनीहरुलाई चोरी गर्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका ७ थानकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मुगु जिल्लाको सोरू गाउँपालिका ६ घर भएका २४ वर्षीय चित्र बहादुर शाही र सोही स्थानका २० वर्षीय नन्दराज धराल रहेको प्रहरीले जनाएको छ ।
थानकोट प्रहरीका अनुसार उनीहरुले एटिएमको सटरमा लगाइएको ताल्चा खोलेर मेसिन फुटाइ सकेका थिए । पक्राउ परेका दुवैजनामाथि थप अनुशन्धान भइरहेको छ ।
शनिबार राति पक्राउ परेका उनीहरुलाइ आज सार्वजनीक गरएको हो । पक्राउ परेका दुवैजना हाल थानकोटमै बस्दै आएको खुलेको छ ।