
चन्द्रागिरि ।
विश्वमा बैंकिंग क्षेत्रमा एटिएम मेसिन प्रयोगमा आएको आधा शताब्दी पुगेको छ । पहिलोपटक एटिएम मेसिन प्रयोग आएको ५० वर्ष पुगेको अवसरमा विश्वको चर्चित बैंक मध्येको एक बैंक अफ इंगल्याण्डका प्रमुख खजान्जीले यस अवसरमा बोल्दै भनेका छन् की अझै दशकौँ सम्म मानिसहरुका लागि नगदको आवश्यकता भैरहनेछ ।
यद्यपि पछिल्लो समयमा नोट तथा सिक्काको प्रयोग घटिरहेको छ । तथापि भविष्यमा बैंकहरुकै लागि यस्तो मुद्राको आवश्यकता हुने भिक्टोरिया क्लेल्याण्डको भनाई छ । बेलायतमै पनि अहिले सयमा ९४ जना युवा तथा वयस्कहरुले नगदको प्रयोग गर्दछन् ।
आजभन्दा ५० वर्षअघि २७ जून १९६७ मा बेलायतको लण्डनस्थित बाक्र्लेस बैंकको शाखामा पहिलोपटक एटिएम मेसिन स्थापना गरिएको थियो ।
एटिएम मेसिनको स्वर्ण जयन्तीको अवसरमा बैंकमा रहेको उक्त पहिलो मेसिनलाई सुनले छोपिएको छ ।
बैंक अफ इंगल्याण्डका अधिकारीका अनुसार रकम लेनदेन अर्थात् कारोबारका आधा भन्दा धेरै मामिलामा नगदकै प्रयोग गर्ने गरिएको छ र कुनै पसलका लागि यो निकै महत्वपूर्ण रहँदै आएको छ ।
पहिलोपटक एटिएम मेसिन राख्ने बैंक बाक्र्लेसका कस्टमर एक्सपिरियन्स विभागका प्रमुख राहील अहमद भन्छन् ः हालैका वर्षहरुमा डिजिटल बैंकिंग तथा कार्डका माध्यमबाट रकम भुक्तानी गर्ने चलन बढिरहेको छ । तर यसको बाबजूत दैनिक जिवनमा नगद अझैपनि जरुरी छ, चाहे त्यो खाद्यान्न खरीदमा होस् वा कफी पिउन ।
दुनियाको पहिलो एटिएम मेसिन राख्नमा बाक्र्लेस बैंकको भूमिका रहेकोमा उनी खुसी व्यक्त गर्दछन् ।
सन् १९६७ मा बाक्र्लेस तथा स्कटिस लगानीकर्ता जोन शेर्फड बेरानको पहलमा पहिलो एटिम मेसिन जडान गर्ने सम्बन्धी सम्झौता भएको थियो ।
जोन शेर्फड बेरानले सन् २००७ मा बीबीसीसँग बताएका थिए: मैले सोँचिरहेको थिएँ की बेलायत वा दुनियाकै कुनै अरु कुनामा मेरो आफ्नो रकम प्राप्त गर्ने कुनै तरिका हुनसक्छ । मैले चकलेट दिने मेसिनको बारेमा सोँचिरहेको थिएँ जुन मेसिनले चकलेट नभएर पैसा देओस् ।
सन् २०१० मा जोन शेर्फड बेरानको मृत्यु भयो ।
सबैभनदा पहिलो पटक जडान गरिएका केही एटिएम मेसिनले राम्रोसँग काम गरेनन् । स्विजरल्याण्डको जूरिचमा स्थापना गरिएको एटिएम मेसिनमा त रहस्यमय समस्या पैदा भयो । पछि पत्ता लाग्यो की उक्त एटिएम मेसिनको नजिकैबाट गुजि्रएका दुई ट्रामलाइनको तारले उक्त मेसिनको कामलाई प्रभावित गरेको थियो ।
ऋाज बेलायतमा झण्डै ७० हजार एटिएम मेसिन छन् भने १७ करोड ६० लाख बैंक कार्ड प्रयोगमा छन् । जसका कारणले उपभोक्ताले जतिबेला पनि पैसा निकाल्न सक्दछन् ।
गएको वर्ष बेलायतमा एटिएम मेसिनबाट १८० अर्ब पाउण्ड नगद निकालिएको थियो ।
अहिलेको समयमा बैंक एटिएम मेसिनलाई बैंकको सबैजसो काम गर्न सक्ने गरी तयार पार्ने कोसिस भैरहेको छ ।
एटिएम निर्माता एनसिआरका अनुसार बैंकभित्र गरिने लेनदेनको ८० प्रतिशत काम एटिएम मेसिनबाटै गर्न सकिन्छ । बीबीसी