देवदर्शनको साकोस ११औं वार्षिकोत्सवमा रक्तदान

देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ११औं बार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान जीवन दान भने मुल नाराका साथ विगत ४ वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आईरहेको संस्थाका अध्यक्ष राम नारायण घिमिरेले बताए ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रमा संस्थाका सदस्य र चन्द्रागिरी नगरपालिका स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

संस्थाले वार्षिकोत्सवकै अवसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा ५८ टिमका ११६ जनालाई उछिन्दै प्रमोद महर्जन र सुमन महर्जनको जोडीले प्रथम स्थान हासिल गरेका थिए ।

संस्थाले सोही अवसरमा विभिन्न वृद्धाश्रमका लागि आवश्यक खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेको जनाएको छ । संस्थामा २ हजार ७ सय शेयर सदस्य र ७२ करोडको कुल कारोबार रहेको छ ।