देवदर्शन कप ब्याडमिन्टन, ५ टाेली अघिल्लो चरणमा


चन्द्रागिरि ।

जारी दोश्रो देवदर्शन कपको पाचौं दिन शनिबार ५ खेल भएका छन् । हिजो बर्षाका कारण स्थगीत भएको खेल आज सम्पन भएको छ | सुसिल पौडेल र अजय पाण्डे जोडी  शिव शरण महत र राजन महतको टोलीसँग १८-२१ र १८-२१ ले पराजित भयो । यसै गरि बसन्त महर्जन र प्रमोद महर्जन जोडीले शिव पोखरेल र ऋषिराम पोखरेल टोलीलाइ २१ -१५ र २१ -१५ गरि र देवेन्द्र राणा र आत्माराम बखती जोडीले मनोज महर्जन र सुमन महर्जन टोलीलाइ २१ -१७ र २१ -१९ जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । लोकेखर बखती र राम शरण केशीकाे जोडी निराजन महत र नारायण महतको टोलीलाई २१-८ र २१-८ काे साेझाे सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकाे छ । अाजै भएको पाचौं तथा अन्तिम खेलमा गोपी थापा र प्रचन्द्र मयर श्रेष्ठकाे जोडी बिष्णु बाबु केसी र फणिन्द्र बाबु तामांगको जाेडीसँग १९-२१, २१-१९ र  १७-२१ ले पराजित भयाे । देवदर्शन सहकारीको नवाैँ वार्षिकोत्सवका अवसरमा मंगलबारबाट सुरू भएको प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ ।