पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्था लि को १२ औं बार्षिक साधारण सभा सम्पन्न

पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्था लि। मच्छेगाउँ च।न।पा। ९ को १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रमुख अतिथि माननिय नेकपा केन्द्रीय सदस्य,एंव संघिय सांसद अन्जना बिशंखे यस चन्द्रागिरी नगरपालिका ९ नं।वडा अध्यक्ष देबिन्द्र महर्जन किर्तिपुर नगरपालिका ४ नं। वडा अध्यक्ष राजेन्द्र बानियाँ राष्ट्रिय सहकारी बैंक बानेश्वर शाखाका प्रमुख बिष्णुगिरी बिशिस्ट अतिथिका रुपमा आमन्त्रित सो कार्यक्रममा चन्द्रागिरी नगर पालिका न्यायीक समितिका सदस्य सुरेन्द्र के.सी.लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरु महिला सदस्यहरुको उपस्तिथ थियो ।

संस्थाले सोहि अवसरमा चन्द्रागिरी ९,मच्छेगाउँ निबासी १३ औं साग गेम गोल्ड मेड्लिस राष्ट्रिय खेलाडी प्रबिन मानन्धर तथा ६५ जना जेष्ठ बचत कर्ताहरुलाई ९जेष्ठनागरिक० दोसल्ला ओढाई प्रमुख अथितिबाट सम्मान गरिएको थियो। नारायण जन माध्यामिक बिद्यालयमा अध्यनरत दूई जना बिद्यार्थीहरु विराज पण्डित कक्षा ७ संगिता तामाङ्ग कक्षा ८ छात्र छात्रालाई छात्रवृति प्रदान गरिएको थियो ।सदस्यहरुलाई सेवा , सुविधा अझ प्रभाबकारी रुपमा प्रदान गर्न सदस्य महानुभावहरुलाई बयोधा हस्पिटल बल्खु चोकमा १५ मेघा हस्पिटल सानेपामा २५ छुट कुपन वितरणका साथै शेयर धनि सदस्य महानुभावहरुलाई रु। १,००,०००र– बरावर सम्मको स्वास्थ्य बिमा गरिने घोषणा गरियो । महिला शेयर सदस्यहरुलाई सुत्केरी भत्ता ,दिवंगत परिवारलाई काज क्रिया खर्च ब्यवस्था गर्दै जाने आगामी योजनाहरु अध्यक्ष अनुप मानन्धर ज्यू बाट उल्लेख गरिएको छ।