विजयी भव: बचत तथा ऋण सहकारी संस्था लि. को सातों बार्षिक साधारण सभा सम्पन्न

विजयी भव: बचत तथा ऋण सहकारी संस्था लि. गुर्जुधारा, बलम्बु च.न.पा. १२ को सातों बार्षिक साधारण सभा सम्पन्न भएको छ। चन्द्रागिरी न पा. प्रमुख घनश्याम गिरि को प्रमुख अतिथि एबं उप प्रमुख लिसा नकर्मी बिशिस्ट अतिथिका रुपमा आमन्त्रित सो कार्यक्रम च.न. पा. १२ का वडा अध्यक्ष प्रकास श्रेष्ठ अन्य सहकारी संस्थाका प्रतिनिधिहरु लगायत महिला सदस्यहरुको उपस्तिथ थियो ।
आ.ब. २०७३/७४ को अन्त्यसम्म शेयर पुंजी ४९,४५,६००/- निक्षेप संकलन ७,३०,०३,४५१/-, कर्जा लगानी ५,८३,०५,९६८ रहेको संस्थाले खुद नाफा १२,५९,२२१ /- आर्जन गरि प्रतिफल स्वरूप १५% नगद लाभांस प्रदान गर्ने प्रस्ताब साधारण सभाले पारित गरेको छ ।
संस्थाले सोहि अवसरमा बलम्बु निबासी फसिलाल महर्जन लाइ नेवारी बाजागाजा संरक्षण गरि संस्कृत जगेर्ना गर्दै आए बापत प्रमुख अथितिबाट दौसल्ला ओढाई सम्मान गरिएको थियो।
सदस्यहरुलाई सेवा अफ प्रभाबकारी रुपमा प्रदान गर्न आगामी दिनहरुमा थप रेमिटेन्स कम्पनिहरुसंग सहकार्य गर्ने, निजिर्वन बिमा एजेन्टको रुपमा काम गर्ने, समान प्रकृतिका सहकारीहरूसंग मितिगत सहकार्यलाइ निरन्तरता दिदैं जाने आगामी योजनाहरु अध्यक्ष सत्यराज श्रेष्ठ प्रतिवेदनमा उल्लेख गरिएको छ।
सुझाब सहितको शुभकामना गन्तब्य दिने क्रममा प्रमुख अतिथि घनश्याम गिरीले हालसालै पारित गरिएको सहकारी बिधेयक २०७४को विश्लेषण सहित सहकरी क्षेत्रलाइ स्थानीय निकायमा अझ ब्यवस्तिथ र विस्तार गर्दै लैजानुपर्ने औंल्याउनु भयो।