हसना भास्तिपुरद्धारा चन्द्रागिरि नगरपालिकालाई अार्थिक सहयाेग रकम हस्तान्तरण

हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.ले चन्द्रागिरि नगरपालिकालाई अार्थिक सहयाेग प्रदान गरेकाे छ ।
सहकारीले एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनले उक्त सहयोग रकम चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीलाई हस्तान्तरण गरेका हुन् ।

बिश्व महामारीकाे रूपमा फैलिएको काेराेना भाईसका कारण नेपालले बेहाेरिरहनु परेेकाे अबस्थामा चन्द्रागिरि विपद्
ब्यबस्थापन समितिलाई नगद १ लाख ११ हजार १ सय ११ रूपयाँ सहकारीका अध्यक्ष महर्जनले प्रदान गरेका छन् ।

हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नारायण कृष्ण महर्जनले बिपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकामा बसाेवास गर्ने अाम नागरिकहरूकाे उत्थान हाेस र सानाे सहयाेगले पिडित नागरिकहरूमा केही राहत मिलाेस भने हेतुले रकम हस्तान्तरण गरिएको बताए ।

अध्यक्ष महर्जनले संचालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारीहरु, कर्मचारीहरु, हसना भास्तिपुर महिला समुहका पदाधिकारीहरु, शुभेच्छुकहरु सबैमा हार्दिक धन्यवाद ब्यक्त गरेका छन्।

कार्यक्रममा बाेल्दै चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले संस्थावाट प्राप्त सहयाेगकाे उच्च सदुपयोग हुने गरि नगरमा रहेका र महामारीका कारण अाईपर्ने जटिल समस्या निवारणका लागि खर्च गरिने बताए । नगर प्रमुख गिरीले नगरपालिकामा अापत्कालिन अवस्था अाएमा चन्द्रागिरि विपद् ब्यबस्थापन समिति खडा गरिएकाे र त्यस अन्तर्गत काेष समेत निमार्ण गर्दै ईछुक दाताहरूले प्रदान गरि सेवामा सहयाेग गर्न अाव्हान समेत गर्दै अाएकाे जानकारी दिए ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले अहिलेकाे विषम अबस्थामा मानविय सेवा र दायित्वबाेद्दकाे रूपमा सवैले अाअाफ्नाे स्थानबाट सहयाेग गर्ने समय रहेकाे बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित चन्द्रागिरि नगरपालिकाका उप प्रमुख लिशा नकर्मी, नगर प्रवक्ता हरिभक्त महर्जन वडा न. १२ वडा अध्यक्ष प्रकाश श्रेष्ठ, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर भुवाजी, सहकारी शाखाका प्रमुख रजत खड्का लगायतकाे उपस्थिति रहेकाे थियाे ।
त्यस्तै सहकारीले बलम्बु स्वास्थ्य चौकिलाई तापक्रम नाप्ने थर्मोगन १ थान,कोभीड १९ विरुद्धको अभियान अन्तर्गत मास्क १ बाकस, सन्चारकर्मिहरु मिडिया मास्क १ बाकस
सस्थागत प्रधान कार्यालय र सेवा केन्द्र मास्क २ बाकस र तापक्रम नाप्ने थर्मोगन २ थान लगायत सामाजिक संघ संस्थाहरूलाई मास्क प्रदान गरेकाे थियाे ।

सहकारीले शिक्षा,स्वास्थ्य समाजिक बिकास अन्तर्गत विविध क्षेत्रमा सहयाेग पुर्‍याउदै अाएकाे छ ।