
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक भएको हुँदा तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरूलाई दरखास्त दिन सूचित गरिएको छ।
१)पद : कनिष्ठ सहायक
आवश्यक संख्या :
१(एक)
तह :
सहायकस्तर तेश्रो
(क) सेवा : करार
(ख) न्यूनतम शैक्षिक योग्यता : वाणिज्य विषयमा १0+२ वा सो सरह उतिर्ण गरेको ।
(ग) कम्प्युटर सम्बन्धी योग्यता : Windows Basic and Office Package सम्बन्धी ३ महिनाको तालिम प्राप्त गरेको |
(घ) उमेर : १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको ।
(ङ) ग्राह्यता : सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव र २ पाङ्ग्रे सवारी साधनको लाईसेन्स भएको व्यक्तिलाई ग्राह्यता प्रदान गरिने ।
(च) कार्यक्षेत्र : संस्थाको मुख्य कार्यालय, चन्द्रागिरि न.पा. ७, काठमाडौं
(छ) सेवा सुविधा : तलब, भत्ता, सञ्चयकोष, उपदान, कर्मचारी बोनस, खाजा खर्च, बिमा लगायतका सेवा सुविधाहरु उपलब्ध गराईने ।
(ज) मुख्य जिम्मेवारीहरु :
. ऋण लगानी प्रकृयामा संलग्न रही आवश्यक कार्यहरू गर्ने ।
. ऋण लगानी सम्बन्धी पत्रव्यवहारका कार्यहरू गर्ने ।
. ऋण विमा सम्बन्धी आवश्यक कार्यहरू गर्ने ।
(झ) परीक्षा : लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता |
२) पद :
सुरक्षा गार्ड
आवश्यक संख्या :
१(एक)
तह :
दोश्रो
(क) सेवा : करार
(ख) न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट ८ कक्षा उतिर्ण गरेको ।
(ग) उमेर : २५ वर्ष पुरा भई ५० वर्ष ननाघेको ।
(ङ) ग्राह्यता : २ पाङ्ग्रे सवारी साधन चलाउन जान्ने र सम्बन्धित क्षेत्रमा १ वर्ष भन्दा बढि कार्यागुभव भएका व्यक्तिहरूलाई प्राथमिकता प्रदान गरिनेछ ।
(च) कार्यक्षेत्र : शुभतारा सेवाकेन्द्र, ललितपुर म.न.पा. १४, खुमलटार
(छ) सेवा सुविधा : तलब, भत्ता, सञ्चयकोष, उपदान, कर्मचारी बोनस, खाजा खर्च, बिमा लगायतका सेवा सुविधाहरु उपलब्ध गराईने ।
(ज) मुख्य जिम्मेवारीहरु :
. सेवाकेन्द्रको कार्यालयको रेखदेख र सुरक्षा गर्ने ।
(झ) परीक्षा : अन्तरवार्ता ।
माथि उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई आफूनो व्यक्तिगत विवरण (CV) सहित २०७८ भाद्र १६ गते
दिनको ५ बजेभित्र आईपुग्ने गरी दरखास्त दिनु हुन सूचित गरिएको छ । दरखास्त प्रत्यक्ष रूपमा संस्थामै आएर वा [email protected] मा ईमेल मार्फत पठाउन सकिनेछ । छोटो सूचीमा पर्न सफल उम्मेदवारहरुलाई मात्र परीक्षाको लागि सम्पर्क गरिनेछ । आवेदन निःशुल्क रूपमा बुझाउन सकिनेछ भने छोटो सूचीमा पर्न सफल उम्मेदवारहरुले तोकिएको परीक्षा शुल्क बुझाउनुपर्नेछ ।
पदपूर्ति उप समिति
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.
चन्द्रागिरि नगरपालिका वडा नं ७, थानकोट, महादेवस्थान, काठमाडौं
फोन नं: ०१ ४३१३०५८