काठमाण्डौ । चन्द्रागिरि वडा नं १२ स्थित गुर्जुधारामा रहेको विजयी भव: सहकारी संस्था लि.ले यो सातादेखि शनिबार र सार्वजनिक बिदाका दिनहरुमा पनि बिहान ८ बजे देखि १० बजे सम्म सेवा सुविधा प्रदान गर्ने भएको छ।
सहकारीले पैसा राख्ने, झिक्ने, चेक साट्ने र रेमिट्यान्स सुविधा प्रदान गर्ने छन्। विदाको दिनमा काउन्टर खुला भए पनि कर्जा प्रवाहको काम भने हुने छैन।
सहकारीका ब्यबस्थापक शैलेन्द्र मान श्रेष्ठका अनुसार सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर सहकारीले शनिबार र सार्वजनिक बिदाका दिनहरुमा समेत सेवा सञ्चालनमा ल्याएको जानकारी गराउनु भएको हो ।
Leave a Reply
You must be logged in to post a comment.