चन्द्रागिरि साकोसले असार २५ गते सम्म ऋण बुझाउने सदस्यलाई व्याजमा छुट दिने

काठमाडौं । थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले ऋणी सदस्यलाई व्याजमा १५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।

सदस्यले कोरोना भाईरस (कोभिड–१९) महामारीको दोस्रो लहर र निषेधाज्ञाका कारण नियमित व्यापार व्यवसाय संचालन गर्न नपाएकाले संस्थाले व्याजमा छुट दिने निर्णय गरेको हो ।

असार २५ गते सम्म ऋण भुक्तानी गर्ने सदस्यलाई निषेधाज्ञा अवधिभरिको पुरै हर्जना मिनाहा गर्नुका साथै व्याजमा ५ देखि १५ प्रतिशत सम्म छुट दिने जनाएको हो ।

असार १ गते कर्जा बुझाउने सदस्यलाई व्याजमा अधिकतम १५ प्रतिशत छुट दिने र त्यसपछि क्रमशः छुट कम गर्दै असार २५ गते कर्जा फिर्ता गर्ने सदस्यलाई ५ प्रतिशत मात्र छुट सुविधा दिने संस्थाले जानकारी दिएको छ ।