
काठमाडौं । नेपाल सरकारले काठमाडौं उपत्यकामा सडक विस्तार, फास्ट ट्रयाक, बाहिरी चक्रपथ निमार्णका क्रममा विस्तापित बनेका र बन्ने क्रममा रहेको उपत्यकावासीहरु अहिले पनि आन्दोलनमा छन् ।
उपत्यका भित्र सडक विस्ताको काम सुरुभएसँगै सुरु भएको उनिहरुको आन्दोलन न रोकिएको छ न सडक विस्तार रोकिएको छ । उनिहरुको आन्दोलन सडकमा मात्रै होइन कानुनीबाटोमा पनि छ । यो समस्या, सरकारले २०३३ सालमा नै सुरु गरेको योजना भएपनि जग्गा अतिक्रमण नगरी निर्वाद संरचना बनाउन दिनु परिणाम हो ।
सरकारका तर्फबाट सडक विस्तारको काम समालिरहेको उपत्यका विकास प्राधिकरणलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा परेको धेरै मुद्धाहरुमा अहिले पनि अन्तरीम आदेश छ ।
तर सरकारले पीडित पक्षको मागलाई सम्बोधन नगरी बल प्रयोग गरिरहेको स्थानीयको आरोप छ । उपत्यकाबासीले ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा पहिचानलाई रक्षा गर्नुपर्ने, जनतालाई विस्थापित बनाउने गरी बनाइएको पञ्चातकालिन मापदण्ड खारेज गर्नुपर्ने, संविधानको धारा २५ र ३७ विपरित हुने गरी पीडित र प्रभावितसँग मञ्जुरी नलिइ सडक विस्तार र नागरिकलाई दिर्घकालिन प्रभावपार्ने कुनै काम नगर्न माग गरेका छन् ।
केही दिन अघि मात्रै नयाँ बानेश्वरमा निकालीएको ¥यालीमा प्रहरीले हस्तक्षप गरेको थियो । फास्ट ट्रयाक निमार्णमा खोकानाको पहिचान मेट्न लागेको भन्दै खोकानाबासी पनि निरन्तर आन्दोलनमा छन् ।साभार :- न्युज २४ टिभी
तस्बिर :- फेसबुक