
काठमाडौं असार ३२।चन्द्रागिरी नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि नीति, कार्यक्रम तथा बजेट पारित गर्दै नगरसभा सम्पन्न गरेको छ। असार १० गते उद्घाटन भएको नगर सभा विभिन्न सत्र हुदै असार ३१ गते आइतबार सम्पन्न भएको छ । पात्लेबन भिनेयार्ड रिसोर्टमा सम्पन्न उक्त नगर सभा बाट आर्थिक वर्ष २०७५/७६ को लागि शिक्षा,सहकारी ऐन लगायत विभिन्न कार्यविधिहरूका साथै नीति बजेट तथा कार्यक्रमहरु पारित गरेको छ ।
उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिकाकी उप प्रमुख लिशा नकर्मी , चन्द्रागिरी नगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु ,कार्यपालिका सदस्य, कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गरेका थिए भने कार्यक्रम संचालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता परियारले गरेकी थिइन् ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकाकी उप प्रमुख लिशा नकर्मीले आर्थिक वर्ष २०७५/७६को बजेट प्रस्तुत गरेकी थिइन्। चन्द्रागिरी नगरपालिकाले ९२,३९,११,०००।– (बयान्नब्बे करोड उनान्चालीस लाख एघार हजार )रुपैयाँ बराबरको बिनियोजन बजेट नगर सभाबाट पारित गरेको छ । उक्त कार्यक्रममा नगर प्रमुख घनश्याम आर्थिकगिरीले वर्ष २०७५/७६मा गर्ने र २०७४/७५ मा गर्न बाँकी रहेका बिभिन्न कार्यक्रम निर्णयको लागि प्रस्ताब गरेका थिए।
कार्यक्रममा नगर घनश्याम गिरीले नगरसभामा उठेका जिज्ञासाको उत्तर दिदै सबै मिलेर चन्द्रागिरी नगरपालिकालाइ समृद्द नगरपालिका बनाउनुपर्ने बताएका थिए।कार्यक्रममा अत्यधिक योजना मागले योजनाहरुलाई अन्तिम रुप दिन निकै गार्हो परेको जानकारी दिदै अब केहि दिनमा नै पुस्तक प्रकाशन गरी सबै समक्ष बजेटको विस्तृत रुप सार्वजनिक गरीने समेत जानकारी गराएका थिए । कपन अनलाइनबाट