एसईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

चन्द्रागिरि ।

परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले २०७३ साल चैतमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन् । एसईई परीक्षामा कुल ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी सहभागी थिए । सहभागी सबै उत्तीर्ण भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

१६०० डायल गरी परीक्षाको नतिजा प्राप्त गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  त्यस्तै एसएमएस र नेपाल टेलिकमको वेवसाइटबाट पनि  नतिजा प्राप्त गर्न सकिने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

यसरी हेर्नुहोस् नतिजा
माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नजिता प्राप्त गर्न का लागि टेलिफोन, एसएमएस र वेबसाइटको व्यवस्था भएको पनिकाले जनाएको छ ।

नतिजा हेर्नको लागि लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको  www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np  मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिनेछ भने नेपाल टेलिकमको १६००, एनसेलको १६००मा एसएमएसको व्यवस्था गरिएको छ । त्यसैगरी ३१००३, ३५५६६, ३३६२४, ३५००१ र ३४९४९ मा पनि एसएमएस गर्न सकिने पनिकाले जनाएको छ ।