के अब गृहमन्त्रीले आफ्नै पार्टी अध्यक्षका घरवेटीलाई कारबाही गर्लान त?

काठमाडौं । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित छन् । सरकारले त्रिपुरेश्वर–नागढुंगा सडक (१२ किमि) निर्माणकालागि २०७२ साउनमा मुख्य ठेकेदार शारदाप्रसाद अधिकारी नेतृत्वको सैलुङ कन्स्ट्रक्सनलाई ३० महिने समय तोकेर ठेक्का दिएको थियो । करिब एक अर्व रुपैयाको लागतमा निर्माणकार्य भइरहेको सो सडक खण्डको निर्माणकार्य करिब ४० प्रतिशतमात्र सम्पन्न भएको छ ।

सडक विस्तार आयोजना अहिले विस्तारका क्रममा रहेका १० वटा रणनीतिक सडकमध्ये ६ वटा सडकमा ६ सय २ घरको मुद्दा परेको छ । कूल मुद्दा १४ वटा भए पनि एक जनाको नेतृत्वमा १ सय २० जनासम्मले मुद्दा हालेमा सबैभन्दा बढी मुद्दा पर्नेमा कलंकी–नागढुंगा सडकमा ८५ जना छन् । ठेकेदार कम्पनी शैलुङले घरजग्गाको मुआब्जाको विवादले काम सुस्त भएको दावी गर्दै आएको छ । तर, काम गर्न सहज वातावरण भएका स्थानमा पनि सडकको हालत उस्तै छ । अनेक बाहनाबाजी झिकेर काम हुन सक्ने क्षेत्रमा पनि अल्झाएर राखेको सडक विभागका एक उच्च अधिकारीले बताए ।

कलंकीदेखि ३ किलोमिटर अघिसम्मको सडक शर्मा शैलुङ कान्छाराम जेभीले २०७४ असोज सम्म निर्माण सक्नु पर्ने थियो । यसपछिको तीन किलोमिटर सडक लुम्बिनी शैलुङ साप जेभीले जिम्मा लिएको छ । नागढुंगातर्फको सडक शर्मा शैलुङ कान्छाराम जेभीले निर्माण गर्दैछ । यो सबै काम ढिलासुस्त हुनको दोष निर्माण कम्पनी राज्यका निकाय र सर्वसाधारणको अवरोध देखाएको छ ।

सो सडकखण्डमा पानी परेकाबेला हिलाम्य हुने र घाम लागेकाबेला धुलाम्य हुने समस्याले नागरिकहरु निकै सास्ती खेप्न बाध्य छन् । कलंकी–नागढुंगा (९ किमी) सडकमा सबैभन्दा समस्या भएको कालीमाटी, सतुंगल, गर्जुधारामा घरहरु भत्काउन बाँकी रहेको छ।

को हुन् ठेकेदार अधिकारी ?
कन्स्ट्रक्सनका मालिक ठेकेदार शारदाप्रसाद अधिकारी वाम शक्तिलाई मिलाउनेमध्येका एकजना व्यक्ति हुन् । उनकै घरमा अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डेरा लिएर बसेका छन् । अहिले पनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड उनकै खुमलटारस्थित घरमा बसेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले च.न.पा वडा नम्बर २ ले आयोजना गरेको फ्रि वाईफाई वडा घोषणा कार्यक्रममा काममा आल्टाल गर्ने ठेकेदारलाई सरकारले कार्भाही अघि वढाईसकेकोले अब चुप लागेर नवस्ने,  त्यस्ता व्यक्तिहरूको दिनगन्ती सुरु भएको बताउनुभएको थियो।

के अब गृहमन्त्रीले आफ्नै पार्टी अध्यक्षका घरवेटीलाई कारबाही गर्लान त?