चन्द्रागिरि नगरमा नेकपा माअोवादी केन्द्रको शानदार जित, वडा नं. २ मा प्यानल नै विजयी

चन्द्रागिरि ।

स्थानीय निकायको निर्वाचन सम्पन्न भए लगत्तै चन्द्रागिरि नगरमा अाइतबार रातिदेखी मतगणना सुरू भएको छ । १५ वडामा विभाजित नगरको वडा नं. १ र २ बाट मत गणना सुरू गरिएको निर्वाचन अधिकृत गणेश नायकले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए । सोमबार साँझ वडा नं. २ को नतिजा सार्वजनिक गरिएको छ जसअनुसार २१४१ मतदाता रहेको सो वडामा नेकपा माअोवादी केन्द्रका उम्मेदवार गोपी सुर्खेतीले ८०५ मत प्राप्त गरि प्यानल सहित विजयी भएका छन् । सुर्खेतीका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजन पोखरेलले ४६९ मत प्राप्त गरेको र वडा नं. १ को परिणाम पनि केहि बेरमै प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. २ मा अध्यक्ष गोपी सुर्खेती ८०५ मत सहित विजय हुँदा सोही प्यानलको महिला सदस्यमा ६७२ मतको साथ सुशिला कोइराला विजय भइन् उनलार्इ सरस्वती भुर्तेल नेपाली काँग्रेसले ४६९ मतले पछ्याइन् ।

दलित महिला सदस्यमा सपना परियारले ७०७ मत सहित अाफ्नो जित सुनिश्चित गराइन् उनको निकटतम् प्रतिद्वन्दी नेपाल काँग्रेसकी सम्झना परियारले ४८१ मतले प्राप्त गरिन् ।

 २ खुल्ला सदस्यमा क्रमश ६४९ र ६११ मत सहित मधुकर बस्नेत र सुरेन्द्र तामाङले विजय हासिल गरे ।

भिडियो हेराैँ