चन्द्रागिरीमा हिउँ पर्यो (फोटोफिचर)

आज मुलुकभरको मौसम बदली भएको छ । देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । काठमाडौको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ । कर्णलीका हुम्ला जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबारदेखि भने पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भेगबाट बाहिरिने भएकाले मौसममा सुधार आउने विभागले जनाएको छ ।

तस्बिर: श्रीहरि थापा