छिटैनै चन्द्रागिरिकाे हरेक घरकाे फाेहाेरकाे सदुपयोगमा ल्याउने तयारी गर्दै चन्द्रागिरि नगरपालिका ।

काठमाडौं /
चन्द्रागिरिका नगर प्रमुख धनश्याम गिरीले चन्द्रागिरि वाट निस्कने फाेहरलाई माेहरमा रूपान्तरण गर्न कार्य याेजना तयार भईरहेकाे वताएका छन् ।

फाेहाेर नफालाै स्वास्थ रहाै, सभ्य समाजकाे निर्माण गराै भने नाराकाे साथ खहरे तथा कुते खाेला सरसफाइ अभियान २०७५ र सामुदायिक प्रहरी साझेदारी अन्तर्गत महानगरीय प्रहरी वृत्त थानकाेटकाे अायाेजनामा सुरू भएकाे सप्ताह व्यापी सरसफाइ अभियानकाे उद्घाटन गर्दै नगर प्रमुख गिरीले चन्द्रागिरीकाे घरघरबाट निस्कने फाेहाेरलाई सदुपयोगमा ल्याई सभ्य समाज निर्माणकाे कार्ययोजना वनाईने वताएका हुन । नगर प्रमुख गिरीले भने, हामी वृहत् याेजना,कार्यनिति वनाई सवैकाे घरघरबाट निस्कने प्लास्टिक जन्य,कागजन्य, फलाम जन्य , सिसा जन्य र कुँहिने फाेहाेरलाई संकलन गरेर अार्थिक रूपान्तरणको वाटाेमा लाने काम अब चन्द्रागिरि नगरले गर्छ ।”

कार्यक्रममा वाेल्दै महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले वढ्दाे शहरीकरण संगै फाेहर व्यस्थापनमा समुदायमा अाधारीत समाजकाे विकास रूपान्तरणमा प्रहरीकाे सक्दाे सहयाेग रहने वताए । उनले समाजमा हुने हरेक क्रियाकलाप गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष भुमिकामा प्रहरीकाे सधै रहने हुदा समाजलाई सभ्य भयरहित वनाउने कार्यमा कुनै कसर नराख्ने वताए ।

कार्यक्रम वाेल्दै नेपाली काँग्रेसका नेता जीवन गिरीले समाज लाई स्वस्थ राख्नु सवै नागरिकको कर्तव्य भएकाे हुदा स्वस्थ सभ्य समाज निर्माणमा सवैले हातेमालो गर्नु पर्ने वताए ।

कार्यक्रममा वाेल्दै समाज सेवी राजु वखतीले हरेक नागरिकको चेतना स्तर माथी उठ्नु पर्ने भन्दै वेलुका साझ भए पछि घरकाे फाेहाैर खाेलामा फ्यालने परिपाटी बन्द हुनु पर्ने वताए ।

समाज सेवी तथा कृषि सहकारी दहचाेकका अध्यक्ष विरवल थापाले घरघरबाट निस्कने फाेहाैर व्यवस्थापनमा समस्या देखिएकाे हेदा नगरपालिकाले छिटै नयाँ अवधारणा वनाउन तत्काल अावश्यक रहेकाे अाैल्याए ।
सरसफाइमा कार्यक्रम स्थानीय संघ सस्थाकाे प्रतिनिधि ,युवा कल्वका प्रतिनिधि राजनिती कर्मि विद्यार्थीहरूकाे सहभागीता रहेकाे हाे । अाज मात्रै उत्त क्षेत्रवाट करिव २ टन फाेहाेर खाेलावाट निकालिएको थियाे ।