ठेकेदारलाई मन्त्रिको अल्टिमेटम

कलंकी नागढुंगा सडक खण्डको अनुगमन गर्दै यातायात मन्त्री रघुबिर महासेठले आगामी भदौ १२ गते सम्म सडक मर्मतमा सुधार नआए सरकारले ठेकेदार सँग गरेको सम्झौता तोड्ने बताएका छन्

शनिबार एक्कासी सडक बिभाग र सम्झौतारत ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि सहित अनुगमनमा पुगेका मन्त्री महासेठले सडकको चौडाइ घटाएरै भए पनि यात्रु र यातायात सहज बनाउने दाबी समेत गरेका छन् | ठेकेदारको काम प्रति असन्तुस्टि जनाउदै तत्काल जनतालाई राहत हुने काम नगरे जो कोही भएपनि कारबाहीको भागीदार हुने मन्त्रिको आक्रोश थियो | ठेकेदारलाई थपेको समयसिमा प्रति अनभिज्ञ प्रकट गर्दै मन्त्री महासेठले यो सरकारको भन्दापनि सडक बिभागको जिम्मेबारी भित्र पर्ने हुनाले संचारकर्मीको प्रश्न सडक बिभाग प्रतिनै तेर्साएका थिए | झन्डै छ किलोमिटर सडक बनाउन ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनले चार बर्ष बिताउदा जम्मा ४० प्रतिसत काम सकिएको छ भने यो सडक खण्डमा पर्ने दुई पुलको हाल सम्म टेन्डर हुन सकेको छैन | उता मन्त्री सँगै अनुगमनमा पुगेका ठेकेदार सैलुङ कम्पनीका प्रतिनिधि नबराज सुबेदीले भने मन्त्री ज्युको भनाइ प्रती असहमती जनाउदै भदौ भित्र सडक सुधार असम्भब रहेको बताएका थिए |

सुटुक्क अनुगमनमा पुगेका मन्त्री लगायत सरकारी अधिकारि प्रति स्थानियले लक्षित गर्दै आक्रोश समेत पोखेका थिए | अनुगमनमा सँगै रहनुभएका प्रदेश साम्सद रमा आलेमगरले राजधानी भित्रिने र बहिरिने प्रमुख नाका प्रति सरकार र ठेकेदारको लापरबाहिले आम जनताले दु:ख पाएको प्रसँग निकाल्दै जतिसक्दो चाडो सम्पूर्ण समस्याको हल निकाल्न अनुगमन टोलिलाई सुझाब दिनु भएको थियो |