मंगलाेदय माध्यामिक विद्यालयमा किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम सम्पन्न

चन्द्रागिरि। 

काठमाण्डौ जिल्ला युवा समितिको आयोजनामा महिला किशोरीहरुका लागि आत्मरक्षासम्बन्धी दुइ दिने तालिम सम्पन्न भएको छ। छात्राहरुमा आत्मावल र आत्मविश्वास बढाउने उद्देश्यले समितिले थानकोटस्थि मंगलाेदय माध्यामिक विद्यालयमा दुईदिने आत्मरक्षाको सम्बन्धी तालिम सुरु गरेको थियो।

काठमाडौं क्षेत्रका १० सामुदायिक विद्यालयबाट चुनिएका विद्यार्थीहरुले तालीम लिएको थियो । तालिममा कक्षा ७ देखि ९ सम्ममा अध्ययनरत ४० जना छात्राहरुको सहभागिता रहेको जिल्ला युवा समिति काठमाडौंका अध्यक्ष रुपा थापा मगरले जानकारी दिनु भयो।

उक्त कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य माननीय रमा आलेमगरले महिलाहरुलाई थप शक्तिकरण गरिनु आवश्यक रहेको तसर्थ यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन हुने पर्ने जोड दिनु साथै यो तालिम निकै प्रभावकारी रहेको बताउनु भयो ।

थानकोट बृतका डिएसपी नारायण प्रशाद अधिकारीले Yes भन्नु भयो भने अपराधी कार्यमा सम्लग्न हुन सक्ने सम्भावना हुन सक्छ भने NO भन्दा यसबाट तपाई हरु जोगीन सक्नु हुने छ। तसर्थ No को सिद्धान्त नै आत्मारक्षा तालिम हो भन्नु भयो।

श्री मंगलोदय मा.वि.का  प्रधानाध्यापक कविन्द्र गोपालीले महिला आत्मरक्षा तालिमले किशोरी हरुमा प्रतिरक्षा गर्ने बानिको विकास हुने छ। त्यसैले यो  कार्यक्रम लाई हाम्रो विद्यालयमा गर्न पाउदा निकै खुसी हुनु साथै भविष्यमा पनि थप कार्यक्रम गर्न पाउने आशा राखेको बताउनु भयो ।

यसै काठमाण्डौ जिल्ला युवा समितिका अध्यक्ष रूपा थापा मगरले महिला हरुले आफनो रक्षा आफैले नै गर्न सकोस ताकि फेरी ‘निर्मला पन्तको जस्तो अवस्था अन्य महिला तथा किशोरीले भोग्न नपरोस भन्दै काठमाण्डौ जिल्ला युवा समितिले दुइ  दिने महिला आत्मरक्षा तालिम सञ्चालन गरेको हो। यो तालिम लिएर पक्कै पनि उहाँहरूले आफ्नो जिवन‌मा उपयोग हुने छ र अन्य किशोरी प्रवाह गर्नु हुने छ । यसै आफुले जानेको शिक्षा भबिस्यमा पनि अरु किशोरीहरमा प्रबाह गर्नु हुने छ बन्ने पुर्न बिश्वास लिदै थप महिला लक्ष्यित कार्यक्रम दिने वचन गर्नु भयो ।