थानकोट बस्ने दर्नालको सवारी दुर्घटना गराई फरार रहेका चालक पक्राउ

काठमाडौँ, २४ जेठ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा रहेको डिभाइडरमा प्रदेश ०२-०२१-प ६३३१ नम्बरको मोटरसाइकल २०७८ चैत २० गते साँझ ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी नगरपालिका-३ की हाल थानकोट बस्ने २५ वर्षीया लक्ष्मी दर्नालको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा मृत्यु भएको थियो ।

स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा थानकोट बस्ने दर्नालको मृत्यु

अनुसन्धानको बिविध बिधि र प्रविध मार्फत अनुसन्धान गर्दै जाने क्रममा शव परीक्षण प्रतिवेदन लगायतबाट निज मृतकको डिभाइडरमा ठोक्किएर मात्र मृत्यु नभएको र सो घटनामा अन्य Third Party को समेत संलग्नता रहन सक्ने देखिएकोले थप अनुसन्धान अघि बढाइएको थियो ।

उक्त बा १२ च ५६२ नम्बरको हात्ती गाडीको समेत संलग्नता रहेको देखिएको थियो र सो सवारी दुर्घटना गराई फरार रहेका बा १२ च ५६२ नम्बरको हात्ती गाडीका चालक काठमाडौं महानगरपालिका-१२ टेकु डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका ३३ वर्षीय कमल प्रसाद गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धानको क्रममा कमल प्रसाद गौतमले चलाएको हात्ती गाडीको समेत संलग्नता रहेको र सो घटनापश्‍चात गाडीका चालक फरार रहेको खुल्न आएको थियो ।

फरार रहेका कमलको खोजी गर्ने क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर सवारी ज्यान सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।