चन्द्रागिरि नगरपालिकामा लक डाउनको उल्लंघन गर्ने २८५ जना ब्यक्ति नियन्त्रणमा लिएको छ । लक डाउनको छैठो दिन प्रहरीले २८५ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी प्रशासनले चन्द्रागिरि नगरपालिका अन्तर्गतका नैकाप, तीनथाना, धौलागिरी आवास, सिभिल होम्स, मत्स्यगाँउ, मातातिर्थ, पाल्तेन प्लटिङ, पानीघाट, थानकोट बजार, गुर्जुधारा, सतुंगल, दहचोक, बाँडभन्ज्याङ, नाँगढुंगाबाट लक डाउनको अवज्ञा गरी अनावश्यक रूपमा हिडडुल गर्ने मर्निङ वाक जाने, ईभिनिङ वाक जाने, व्याडमिन्टन खेल्ने २८५ जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई थप कारवाहीका लागि अगाडी बढाईने बताइएको छ ।
Leave a Reply
You must be logged in to post a comment.