चन्द्रागिरि ५ हिमाल पेट्रोल पम्म नजिक बसको ठक्करबाट एक जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ हिमाल पेट्रोल पम्म नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सर्लाही मंलग्वावाट काठमाण्डौ आईरहेको ना ५ ख ८४७४ नम्वरको यात्रुवहाक वसले ठक्कर दिदा एक जनाको मृत्यु भएको थानकोट प्रहरीले जनाएको छ ।

ठक्करबाट बाजुरा घर भई चन्द्रागिरि नगरपालिका-६ महादेवस्थान बस्ने  २५ वर्षीय नवीन लोहार गम्भीर घाइते भएका थिए।

उनी तरकारी बेच्न हिँडिरहेका बेला पहेंलो रंगको बसले ठक्कर दिएको थियो ।महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले मंगलबार बिहान साढे ४ बजे नम्बर नखुलेको बसले ठक्कर दिँदा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय नवीन लोहारको मृत्यु भएको बताए । घाइते लोहारलाई उपचार गर्न ओम समाज अस्पताल सतुंगलमा पुर्याएलगत्तै पौने ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

‘मृतक बिहान सागसब्जी नाम्लोले बोकेर बेच्न जाँदै थिए। हाइवेको आधाबाट काटेर अर्कोतर्फ जाँदा  बसले ठक्कर दियो,’ प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने,’मृतक चन्द्रागिरिमा टनेल बनाएर तरकारी खेती गर्दै आएका व्यक्ति हुन्।’

उनलाई ठक्कर दिएर बस फरार भएको थियो । फरार वस हुलियाको आधारमा सडकमा जोडिएको सिसि टिभी फुटेजको आधारमा सवरी चालक सुनिल श्रेष्ठ र यात्रुबाहक बसलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिन सफल भएको थानकोट प्रहरी वृत्तका प्रमुख घनश्याम श्रेष्ठले बताए ।

सवरी चालक सुनिल श्रेष्ठ र यात्रुबाहक बसलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिई सवारी ज्यान सम्वन्त्री कसुरमा अनुसन्धान गरिरहेको थानकोट प्रहरीले जनाएको छ ।