च.न.पा वडा नं ११ सिप्रदी स्थित सय रुपैंया घुस खुवाउन खोज्दा पक्राउ

चन्द्रागिरी, डीउटीमा खटिएको प्रहरीलाई सय रुपैंया घुस रकम दिन खोज्ने एक सहचालक पक्राउ परेका छन् । प्रहरी हवल्दार सनिचर थारुलाई घुस दिन खोज्ने अनिल खड्की पक्राउ परेका हुन् ।

खड्कीलाई चन्द्रागिरी नगरपालिका वडा नं ११ सिप्रदी स्थित सडक खण्डमाबातट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुटवल बाट काठमाडौं तर्फ आउदै गरेको लु १ ख ९४६९ नं को यात्रुबाहक बस चेकजाच गर्ने क्रममा खड्कीले आर्थिक प्रलोभन देर्खाका थिए ।

खड्कीमाथी थप अनुसन्धान भैरहेको थानकोट प्रहरीले जनाको छ ।