थानकोट बृत्तमा भारी मात्रामा पटाका नष्ट

२१ कात्तिक काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटले दुई लाख ७६ हजार थान पटका नष्ट गरेको छ । करिव १४ लाख मुल्य बराबरको विभिन्न किसिमका पटक काठमाडौं जिल्ला अदालतका,जिल्ला प्रशासन कार्यालय काठमाडौ ,चन्द्रागिरि नगरपालिका लगायत प्रतिनिधि वडा नम्बर वडा अध्यक्ष कृष्ण प्रसाद शाहीको रोहवरमा भारी मात्रामा रहेको पटका नष्ट गरिएको हो ।



महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले नागढुंबाट चेकजाँचका क्रममा प्रहरी निरिक्षक हेमन्त विक्रम थापाको नेतृत्वमाको प्रहरी टोलीलले बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ठूलो परिणाममा पटाका बरामद गरेको थियो ।

नागढुंगाले महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा सिटमुनि लुकाएको अवस्थामा १० बोरा पटका बरामद गरेको पटका सवैको रोहवरमा नष्ट गरिएको डिएसपी श्रेष्ठले बताए । अनुसन्धानका क्रममा तत्काल बस चालक कञ्चनपुरका ३० वर्षीय नविन जोशीलाई पक्राउ गरि विष्पोटक पदार्थ एेन अन्तर्गत मुद्दामा अनुसन्धान भईरहेको छ ।

यस्तै सोमबार नागढुंगामै रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७११४ नम्बरको बस चेकजाँच गर्ने क्रममा ८ हजार ४ सय थान खुर्सानी पटकाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटका, लामो रकेट पटाका १९० वटा लगायत पनि बरामद गरिएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटका अनुसार रौतहटको पिन्टु जैसवालले पटाका ल्याएको खुलेको थियो ।

उक्त पटका तिहारलाई लक्षित गरी काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्न ल्याइएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ। दुवै घटनामा मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

 

124098555 796869211168368 2862716753509965807 N 124168389 394576115016243 4897143651587525047 N 123995673 758796988034999 9041693326677189598 N 124099168 702506660649549 4642419079672458078 N 123941171 658463824815210 1835426790019154478 N 123967033 551951439005603 1496330226639374175 N 123980522 406369703712895 1426999934809947382 N 124067344 2791294131191775 4066969999816910979 N 124025129 833301954110038 1307786005062837436 N 123969650 646907729308702 8157141268355972443 N 124044467 2826672584257637 7190066954508435717 N 123968346 3189886734453730 2228665870903645493 N 1 124185033 3377050165719434 9177605829844554926 N 124100758 725583768045221 3712168021949824085 N