धादिङ गजुरीवाट लागुअाैषध सहित दुई पक्राउ ।

  • 9
    Shares

धादिद । प्रतिबन्धित लागूऔषध सहित धादिङ प्रहरीले दुुई जनलाई प्रकाउ गरि जिल्ला अदाल पठाएकाे छ ।

प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट दुई जनालाई पक्राउ गरेको हाे ।

लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका–२ का ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरी जिल्ला अदालत धादिङमा हाजिर गराईएकाे धादिङ प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकले बताए । प्रहरीका अनुसार प्रकाउ गरिएकाहरूलाई लागुअाैषध एेन अन्तर्गत मुद्दा चलाईने वताएकाे छ ।उनीहरूका साथबाट १०० एमएलको कोरेक्स १८ बोतल र निट्राभाट ट्याबलेट ५१ थानसमेत बरामद जिप्रका धादिङले जनाएकाे छ


  • 9
    Shares

Comments

comments