नागढुंगाबाट लागुऔषधसहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित एक जना पक्राउ गरेको छ।



jibss

महानगरीय प्रहरी प्रभाग नागढुंगाकाे प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काकाे नेतृत्वको टाेलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेकाे हाे।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ५३६ नम्बरकाे यात्रुबाहक सवारी साधनलाई नागढुंगामा चेकजाँच गर्ने क्रममा लागुऔषध नाइट्राभेटसहित पक्राउ गरिएकाे बताए।

पक्राउ पर्नेमा सर्लाही गोरैटा न.पा वडा नं. ४ घर भएका १९ वर्षीय विकास कुमार गुप्ता रहेका छन्। उनको साथबाट लागुऔषध नाइट्राभेट १४८५ ट्याबलेट बरामद भएको प्रहरीले बताएको छ।

महानगरीय वृत्त थानकाेटले पक्राउ गरिएका गुप्तालाई थप अनुसन्धान पश्चात् लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाइने जनाएकाे छ।