
काठमाडौं महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुअाैषध सहित एक जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा स्थित चेकपोईन्टमा चेकजाँचकाे क्रममा जनकपुर बाट काठमाण्डौँ तफ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बसवाट लागुअाैषध सहित एक जनालाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा जिल्ला सोलुखुम्बु सल्लेरि नगरपालिका वडा नं. ५ घर हुुने वर्ष २० को छिरिङ्ग शेर्पा रहेकाे काठमाडौं प्रहरी परिसरका प्रबत्ता प्रहरी नायव उपरीक्षक हाेविन्द्र बाेगटीले वताए ।
प्रबत्ता बाेगटीका अनुसार शेर्पाले लिई आएको कालो रंगको झोला चेक जाँच गर्ने क्रममा झोला भित्र लुकाई छिपाई लिई आएको लागु औषध नाईट्राभेट ४५० ट्यावलेट फेला परेको जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले पक्राउ परेका शेर्पा विरूद्द अावश्यक अनुसन्धान पश्चात् लागुअाैषध एेन अन्तर्गत मुद्दा चलाईने वताए ।




