
काठमाडौं । प्रहरीले काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गाबाट लागुऔषध सहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाका बाट खटिएका प्रहरीले नाकामा नियमित चेक गर्ने क्रममा राजु दाहाल, अजय लिम्बु र बिजय रार्इलाई पक्राउ गरेको हो ।
झापाबाट काठमाडौंबाट आइरहेको यात्रुबाहक बस चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । बसमा यात्रा गरी आएका झापा कनकाइ नगरपालिका वडा नं ४ घर हुने राजु दाहालको साथबाट ८० एम्पुल नुफिन, ८० एम्पुल डाइजेपाम, ८० एम्पुल फेनार्गन तथा २ ग्राम खैरो हेरोइन फेला परेको थियो ।