प्रतिबन्धित लागूऔषध र घरेलु मदिरा वरामद


काठमाडौ /२४ जेठ
राेसन दानी

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ३२ बस्ने वर्ष २५ को सन्तोष झा जिल्ला काठमाण्डौँ महानगरपालिका ३२ बस्ने वर्ष २१ को राजिब घिमिरे , जिल्ला सप्तरी राजविराज नगरपालिका ७ घर हुने वर्ष १७ को अम्रेश कुमार यादव,जिल्ला चितवन टारी गाउँ पालिका वडा नं. ३ घर हुने वर्ष २१ को प्रजेश अधिकारीले प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेकाे हाे ।
छुटाछुटै यात्रुवाहक वस चेक जाँच गर्ने क्रममा धनुषा बाट काठमाण्डौँ आईरहेको ना ५ ख १४४१ नम्वर को यात्रुवाहक बस चेक जाँच गरी सोही बसमा यात्रा गरी आएका राजिब घिमिरे र अम्रेश कुमार यादवलाई उनिहरुले झोलाभित्र लुकाई छिपाई लिई आएको लागुु औषध नाईट्राजेपाम ५९३ ट्यावलेट सहित प्रहरीले वरामद गरेकाे छ ।

त्यस्तै सर्लाहि बाट काठमाण्डौँ आईरहेको ना ५ ख २३९९ नं. को यात्रुवाहक बसलाई चेक जाँच गर्दा सन्तोष झा काे साथवाट लागुऔषध नाईट्राजेपाम ९०० ट्यावलेट,विरगंज बाट काठमाण्डौँ आईरहेको ना ५ ख ७२८६ नं. को यात्रुवाहक बस चेक जाँच गरी सोही बसमा यात्रा गरी आएका प्रजेश अधिकारीकाे साथ वाट लागु औषध नाईट्राजेपाम १५० ट्यावलेट फेला परेको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।नियन्त्रित चारलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, थानकोटमा अनुसन्धान भईरहेको छ। त्यस्तै गरि घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत महानगरीय प्रहरी वृत्त थानकाेट वाट खटिएकाे प्रहरी नायव निरीक्षक भिमलाल अाेलीकाे नेतृत्व मा गएकाे टाेली अवैध घरेलु मदिरा समेत नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालका अनुसार करिव दुई हजार लिटर अवैध मदिरा तथा कच्चा पदार्थ सहित मदिरा वनाउन प्रयाेग हुने सामाग्री समेत वरामद गरिएकाे जानकारी दिए ।