
महानगरी प्रहरी प्रभाग बलम्वुले भन्सार छली ल्याएको समान वरामद गरेको छ ।महेन्द्रनगरवाट काठमाण्डौ आउँदै गरेको ना७ख १८५५ र सो स्थान वाट आएको ना७ख ४४० नम्वरको यात्रुवाहक वसवाट भन्सार छली ल्याएको समाग्री विशेष सुचनाको आधारमा प्रहरीले पक्रउ गरेको हो ।
महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी निरिक्षक शकंर खड्काका अनुसार कपडाको दरी १७७ थान साडी १७३ थान र रजनिगन्धा ५४८१ पिस वरामद गरिएको वताए । बलम्वु प्रहरीले वरामद गरेको समाग्री अनुषधान पश्चात आन्तिरिक राजस्व कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।