
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले प्रतिबन्धित लागूऔषधसहित तिन जनालाई पक्राउ गरेको छ ।
बिरगंज बाट काठमाडौ आउदै गरेको ना ७ ख ५६१२ नम्बर को यात्रु बस नागढुङगा प्रहरी चेक पोइन्ट स्थित चेक जाँच गर्ने क्रममा भारतिय नागरिक बर्ष २४ को दिपु बालियालाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेकाे हाे ।उनकाेे साथ वाट डाईजाल्याप ५०० एम्पल नोफिन ५०० एम्पल फेनरागन ५०० एम्पल गरि जम्मा १५०० एम्पल लागू औषध फेलापरेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।
त्यस्तै सर्लाही बाट काठमाडौ आउदै गरेको ना ६ ख ३१८३ नम्बर को यात्रु बस बाट जिल्ला जिल्ला सर्लाही फुलपरासी २ बस्ने बर्ष २२ को राम बालक रायको साथ बाट डाईजाल्याप १४९ एम्पल नोफिन १४९ एम्पल फेनरागन १४८ एम्पल गरि जम्मा ४४६ एम्पल लागुऔषध समेत वरामद गरिएकाे निरिक्षक भट्टले वताए ।
नियन्त्रित दुईलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, थानकोटमा अनुसन्धान भईरहेकोछ ।
You must be logged in to post a comment.