
महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषध नाईट्राभेट सहित दुई जना लाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक शंकर खड्काको नेतृत्वको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुंगल बुद्ध मन्दिर परिसरमा चेक जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध नाईट्राभेट सहित दुई जना लाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर छतिवन गा.पा.वडा नं.४ घर भई हाल चन्द्रागिरी न.पा.वडा नं.११ सतुंगल बस्ने बर्ष २१ को राज गौतम र जिल्ला रौतहट चपुर नगरपालिका वडा नं. ४ घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष १७ को राजु मगर रहेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।
ति व्यक्तिहरुको साथवाट प्रतिबन्धित लागुऔषध नाईट्राभेट १५ चक्की रहेको १६ पत्ता सहित पक्राउ गरी आबश्यक अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ ।