सतुंगलस्थित मोबाईल चोरी गर्ने र पकेट मार्ने गिरोह पक्राउ

चन्द्रागिरि, २७ चैत ।महानगरिय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले रातिको समयमा विभिन्न सार्वजनिक स्थानबाट मोबाईल चोरी गर्ने तथा पकेट मार्ने एक गिरोहलाई पक्राउ गरेको छ ।



jibss

५ जना संलग्न उक्त गिरोहले काठमाडौंका सुन्धारा, रत्नपार्क, चावहिल, कलंकीलगायतका स्थानबाट पकेट मारेर सतुंगलस्थित देवबहादुर राउत र कुमार थापा मगरको कोठामा सामान लुकाएर राख्दै आएका थिए । प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीका १७ थान मोबाईल र ११ थान मेमोरी कार्ड समेत बरामद गरेको प्रहरी निरिक्षक शर्मिला गुरुङले जानकारी दिईन् ।