सामाजिक सञ्जालबाट पुरस्कार प¥यो भन्दै ठग्ने ३ जना पक्राउ

२० पौष ÷काठमाण्डौं÷ विभिन्न सामाजिक सञ्जाल, भाइबर, ह्वाट्स एपसमेतको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग वलम्वुले सामाजिक सञ्जाल, भाइबर, ह्वाट्स एपसमेतको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्नेहरुलाई प्रक्राउ गरेको हो ।
तपाईँहरूलाई ठूलो धनराशीको चिठ्ठा परेको छ भन्दै चिठ्ठाबापतको रकम प्राप्त गर्न, कर, बैंकिङ प्रक्रिया तथा सेवा शुल्क समेतको लागि केही रकम जम्मा गरे पश्चात त्यो रकम प्राप्त गर्नु हुनेछ भनी रकम संकलन गर्नेहरुलाई पक्राउ गरिएको महानगरी प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरिक्षक खड्काले वताए ।
उनीहले विभिन्न मितिमा वैङकवाट रकम समेत निकाल्ने गरेको प्रहरीले जनाएको छ ।



jibss

देशका विभिन्न ठाउँबाट विभिन्न व्यक्तिहरूको नाममा रकम जम्मा गर्न लगाई विभिन्न व्यक्तिहरूलाई प्रयोग गरी रकम निकाली ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको प्रहरी निरिक्षक खड्काको भनाई छ ।

यसरी पक्राउ पर्नेमा खोटाङ जिल्ला अर्खाैली १०का इन्द्र पुरी
खोटाङ जिल्ला विजयखर्क नगरपालिका १५ बस्ने ३३ वर्षीय लेख वहादुर खड्का, सोही जिल्ला मजुवागडी नगरपालिका ७ बस्ने वर्ष २८ को टिकाराम भुजेल रहेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ५० हजार नेपाली रुपैयाँ, मोबाइलहरु बरामद गरेको छ । उनीहरुले देशका विभिन्न व्यक्तिहरूबाट लाखौं लाख रुपैयाँ ठगी गरेको हुन सक्ने प्रहरी प्रारभिक अनुमान रहेको छ ।