सालकको खपटासहित सतुंगलबाट एक पक्राउ

584

महानगरीय प्रहरी प्रभाग बलम्वुले संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) सहित एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) सहित एक जनालाई पक्राउ गरेको हो।

काठमाडौं सतुङंगलस्थित सडकमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा काभ्रेपलाञ्चोक चौरीदेउराली १ घरभई हाल भक्तपुर सुर्यविनायक डेरा गरी बस्ने ३४ वर्षीय बिन्दु बहादुर खड्कालाई सालकको खपटासहित पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी कुमार विक्रम थापाले बताए।

डिएसपी थापाका अनुसार खड्काबाट १ केजी ६०० ग्राम सालक बरामद गरिएको हो। पक्राउ परेका खड्कालाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंमा पठाउने तयारी भईरहेको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काले बताए।