
काठमाडौं। ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन्। ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त उप्रेती पक्राउ परेका हुन्।उनलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।
गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो। समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन्। मगलबार विहान काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो।