एकै दिनमा नागढुङ्गावाट भारी मात्रामा लागुअाैषध सहित पाँच पक्राउ ।

काठमाडौं / ८ माघ 

रोशन दानी,
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भारी मात्रामा प्रतिबन्धित लागुअाैषध सहित पाँच जनलाई पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गा प्रमुख ज्ञान बहादुर खड्काकाे नेतृत्वको टाेलीलीले छुट्टाछुट्टै यात्रुवाहक वस चेक जाँच गर्ने क्रममा अवैध लागुअाैषध सहित पक्राउ गरेकाे हाे ।

प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगा चेक प्वाइन्टमा चेक जाँच गर्ने क्रममा कपिलबस्तु बाट काठमाण्डौँ तर्फ आउँदै गरेको लु १ ख ८३२३ को यात्रुबाहक बसलाई चेक जाँच गर्दा काठमाडौं गोकर्णेश्वर न.पा ७ घर हुुने वर्ष २२ को विजय भारतीकाे साथवाट झोला भित्रलुकाई छिपाई लिई आएको लागु औषध नाईट्राभेट १५० ट्यावलेट सहित पक्राउ गरेकाे छ ।

कपिलबस्तु तर्फबाट काठमाण्डौँ तर्फ आउँदै गरेको लु १ ख ८३२३ को यात्रुबाहक बस गाडि चेक जाँच गरी सोही बसमा यात्रा गरी आएका जिल्ला काठमाण्ठौँ बुढानिलकण्ठ घर हुने वर्ष २१ को सुदिप ठकुरी र साेही स्थानमा घर हुने वर्ष २१ को राज गिरीलाई लागु औषध डाईजेपाम २५ एम्पल, फेनारगन २५ एम्पल र नुफिन २५ एम्पल सहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकाेटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए ।

प्रहरी नायव उपरीक्षक थापका अनुसार विरगंज तर्फबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ५ ख ६५४४ को यात्रुबाहक बस गाडि चेक जाँच गरी सोही बसमा यात्रा गरी आएका जिल्ला पर्सा पोखरिया न.पा ४ घर हुने वर्ष १८ को अभिनास यादवले लिई आएको झोला चेक जाँच गर्ने क्रममा निज अभिनास यादवले झोला भित्र लुकाई छिपाई नुफिन १०० एम्पल, डाईजेपाम १०० एम्पल, फेनारगन १०० एम्पल वरामद गरेकाे वताए ।

धादिङ वाट काठमाडौ अाउदै गरेकाे बा ५ ख ११८० नम्बरको यात्रुवाहक वस वाट धादिङ जिल्ला तसर्फु ५ का वर्ष १८ काे रमेश तामाङकाे साथ वाट १ केजि चरेस सहित उनलाई पक्राउ गरिएकाे थानकोट प्रहरीले जनाएकाे छ ।