गुर्जुधाराबाट ९ जना यातायात विचौलिया समातिए

महानगरीय प्रहरी वृत्त थानकोटले यातायात व्यवस्था कार्यालयको मोटरसाइकल शाखा गुर्जुधाराबाट ९ जना विचौलियालाई नियन्त्रणमा लिएको छ।

शाखामा आउने सेवाग्राहीहरूलाई ‘काम छिटो गरिदिने’ प्रलोभन देखाई सेवाग्राहीबाट रकम असुली गरेको जनगुनासो आएपछि सिभिलमा प्रहरी टोली परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्तका डिएसपी कुमार विक्रम थापाले बताए।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए।

प्रहरीले नियन्त्रणमा लिइएका विचौलियाहरूको नाम भने खुलाएको छैन।