चन्द्रागिरि नगरपालिकामा लक डाउन उल्लंघन गर्ने ८४४ जना नियन्त्रणमा

काठमाडौं । सरकारले लगाएको लकडाउनको नवौं दिन सम्म ८४४ जना पक्राउ परेको छ। यो अवधिमा लकडाउन तोड्नेहरु चन्द्रागिरि नगरपालिकामा धेरै नै रहेका छन् । व्यक्ति र सवारी लिएरसमेत पनि उल्लंघन गरेका छन् । 

महानगरीय प्रहरी बृत्त थानकोट प्रहरी कन्ट्रोल थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार शान्ति सुरक्षा सामान्य रहेको र साथै दिन प्रति दिन उल्लंघन गर्ने कम हुँदै गएको बताए।

कोही मर्निङ वाकमा र कोही रमितेजस्तै भएको बताइएको छ । उनीहरुलाई होल्डमा राखेर छानबिन गरेर निर्णय गरिने बताइएको छ । 

सरकारले चैत ११ देखि चैत २५ गतेसम्म लकडाउन गरेको छ । अहिले विशेषगरी स्थानीयबाट एक ठाउँबाट अर्को ठाउँमा जानका लागि पासको व्यवस्था, दैनिक उपभोगका सामग्री कहाँ पाइन्छ भनी फोन आउने गरेको पनि श्रेष्ठले बताए ।  

अहिले घरमै बस्ने समय भएकाले जथाभावी बाहिर ननिस्कन पनि उनले आग्रह गरेका छन् ।