चन्द्रागिरीबाट दुई लाख नगदसहित ८ जुवाडे प्रहरी नियन्त्रणमा

रोशन दानी,
काठमाडौं । महानगरीय प्रहरी प्रभाग बलम्बुले जुवा खालबाट ८ जुवाडेलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्का नेतृत्वको टोलीले चन्द्रागिरीमा रहेको चन्द्रागिरी कटेजबाट नगदसहित ८ जुवाडेलाई निउन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार गल्मी जिल्ला चारपाला घर भई चन्द्रागिरी-१२ बलम्बु बस्ने ४३ वर्षीय मुकेश थापा, ६० वर्षीय केशर बहादुर खत्र्री, नुवाकोट तारकेश्वर गाउँपालिका-२ घर भई चन्द्रागिरी ६ दाउराडिपो बस्ने ३७ वर्षीय नारायण अधिकारी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भई चन्द्रागिरी १२ बस्ने ३६ वर्षीय सञ्जय लामा, २६ वर्षीय नेत्र बहादुर लामा, काठमाडौं चन्द्रागिरी-१२ बलम्वुका ३९ वर्षीय सिकिन्द्र श्रेष्ठ, गुल्मी मदाने गाउँपालिका ३ घर भई गुर्जुधारा बस्ने ३५ वर्षीय रिख बहादुर केस र धादिङ्ग ज्वालामुुखी गाउँपालिका ६ घर भई चन्द्रागिरी १२ बस्ने २८ वर्षीय सुवास आचार्यलाई नगदसहित नियन्त्रणमा लिइएको हो ।

थानकोट प्रहरी प्रमुख थापाका अनुसार जुवा खालबाट दुई लाख २० हजार ६ सय ५ रुपैया नगद बरामद गरेको छ । साथै जुवा खेल प्रयोग हुने १६ ओटा कौडा र एक बुक तास समेत बरामद गरेको जनाएको छ । उनीहरुमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।