दक्षिणकाली नगरपालिका ६ मा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं ,फागुन १४।

दक्षिणकाली नगरपालिका ६ मा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बा रहेका छन् ।

हिजो बेलुकी सवा ७ बजे पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको  गएराति पौने ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  छ ।