दूरसंचारस्थित किराना स्टोरमा चोरी गर्ने पक्राउ

चन्द्रागिरी, २५ चैत । चन्द्रागिरी नगरपालिका-१२ दूरसंचारस्थित जय लामाको घरमा पिताराम गोले तामाङले संचालन गरेको धादिङ तसर्पु किराना स्टोरमा चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी बर्दिबास घर भएका २६ वर्षीय बलबहादुर बलमपाखी मगर रहेका छन् । मगरले उक्त किराना स्टोरको सटर फोडेर पसलमा रहेका रिचार्ज कार्ड, नगद, जिन्सीलगायतका साम्रगीहरु चोरेका थिए ।

महानगरिय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले मगरलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका मगरको साथबाट ४६ हजार बराबरको सामान समेत बरामद गरिएको छ । मगरलाई थप कारवाहीका लागि महानगरिय प्रहरी वृत्त थानकोट पठाईको छ ।